सुर्खेतमा पीसीआर परीक्षणको माग गर्दै आइसोलेनमै संक्रमितको भोक हड्ताल


सुर्खेत । सुर्खेतमा आइसोलेसनमा रहेका कोरोना संक्रमित भोक हड्तालमा उत्रिएका छन् । १४ दिन आइसोलेनमा बसेका संक्रमित पीसीआर विधिबाट कोरोना परीक्षणको माग गर्दै भोक हड्तालमा उत्रिएका हुन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका २७ जना संक्रमितहरु शनिबारबाट भोक हड्तालमा उत्रिएका छन् । सरकारको निर्देशनको पालन गर्दै संक्रमितमा कुनै लक्षण नभएकाले घर पठाउन लागिएकोले उनीहरु विरोधमा उक्रिएका हुन् ।

सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्ड बनाएको छ । तर उनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरेर संक्रमण रहे नरहेको पुष्टि गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार