पहिरोमा परी सिन्धुपाल्चोकको मेलम्चीमा ८ जना वेपत्ता


काठमाडौं । गएराति गएको पहिरोमा परी मेलम्चीमा ८ जना वेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा भने      एकजनाको भने प्रहरीले जीवितै उद्धार गरेको छ ।

पहिरोमा वेपत्ता भएका सबै जना कभर्ड हल निर्माणमा खटिएका कामदारहरु भएको प्रहरीले जनाएको छ । पहिरो गएपछि  लगत्तै उद्धारमा खटिएको टोलीले भारतीय नागरिकलाई जीवितै उद्धार गरेको हो ।

पहिरोमा वेपत्ता भएकाहरुको नेपाली सेना, प्रहरी र स्थानीयले  खोजी खोजीरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार