बेलायती प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति जेलेन्स्की एकसाथ युक्रेनको सडकमा किन निस्के? (भिडियोसहित)

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक युद्धरत युक्रेनको राजधानी किएभको सडकमा देखिएका छन् । बीबीसीकाअनुसार बेलायती प्रधानमन्त्री जोन्सन कुनै अग्रिम जानकारी बिनै युक्रेन पुगेका थिए ।

जोन्सनले राजधानी किएभमा जेलेन्स्कीसंग भेटवार्ता गरेपछि सडकमा एकसाथ निस्केका थिए । जोन्सनले रुसविरुद्धको युद्धमा युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै युक्रेनलाई थप सैन्य सहायता दिने समेत बताएको बीबीसीले जनाएको छ ।

​​जोन्सनलाई जेलेन्स्कीले राजधानी किएभका सडकमा पैदल सेयर गराएका थिए । दायाँबायाँ सुरक्षाकर्मी राखेर उनीहरू सडकमा पैदल हिंडेको देख्न सकिन्छ । त्यसक्रममा जोन्सनले सडकमा भेटिएका केहि युक्रेनीसंग पनि भेटघाट गरेका छन् ।

रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि आक्रमण जारी राखेको छ। युद्ध रोक्नका लागि रुस र युक्रेनबीच पटकपटक वार्ता भए पनि असफल हुँदै आउका छन् । दुबै देशको जारी युद्धको असर विश्वबजारमा देखिएको छ । युद्धले प्राय विश्वको तेल बजार प्रभावित हुँदै मूल्यबृद्धी हुँदा नेपाल लगायतका साना मुलुकहरुमा महंगी बढ्दै अर्थतन्त्रमा समेत गम्भिर असर परेको बताइन्छ ।

भिडियो

https://fb.watch/cig7KkBJUZ/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार