कोरोना नियन्त्रणका लागि फेरि उच्चस्तरीय समिति गठन


काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले नियन्त्रणका लागि विभिन्न उपाए अपनाई रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यका सहित देभर संक्रमित र मृतकको संख्या बढ्दै गएपछि उपाए अपनाई रहेको हो ।

यहिबीचमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणलाइ प्रभावकारी बनाउने भन्दै उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने उदेश्यले समिति गठन गरेको स्वास्थ्य तथा जनंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

सरकारले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड १९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेको हो ।

मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आइपर्ने समस्यालाई प्रदेश, जिल्ला र स्थानीयतहसँग समन्वय गर्ने र कोभिड–१९ बाहेकको अन्य नियमिति सेवा प्रवाह गर्न समन्वय गर्नेछ ।

उक्त समितिले स्थानीय तहमा कोरोना नियन्त्रणका लागि भइरहेका समस्याको पहिचान गरी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार