
काठमाडौं । काठमाडौंको शंखमुलमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । आफ्नै ७ वर्षीया छोरीलाई ७ महिनादेखि बलात्कार गर्दै आएका ४० वर्षीय बाबु पक्राउ परेका हुन् ।
आमा वैदेशिक रोजगारीका लागि विदेश रहेका बेला देखि नै उनले छोरीलाई बलात्कार गर्दै आएको खुलेको छ । अहिले आमा कोरोनाका कारण नेपाल आएपछि छोरीले नै आमालाई यौनी दुखेको कुरा बताएकी थिइन् ।
त्यसपछि छोरीलाई लगेर अस्पताल गएकी आमाले आफ्नै बाउका कर्तुक सुन्नु पर्यो । छोरीले डाक्टरलाई बुवाले गर्ने सबै कुरा बताएकी थिएन् । त्यसपछि आमाले प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।












