आज नेपालसहित संसारभर प्रभु यशु ख्रिष्टको जन्मउत्सवमा ‘क्रिसमस डे’ मनाइदै


काठमाडौ । इसाई धर्मालम्वीहरुले आज संसारभर प्रभु यशु ख्रिष्टको जन्मउत्सवको अवसरमा क्रिसमस डे मनाउदैछन् ।
हरेक वर्ष २५ डिसेम्बरमा इसाइ धर्मालम्वीहरुले येशु ख्रिष्टको जन्मदिनलाई सम्झेर क्रिसमस डे मनाउने गर्दछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको बाइबलमा उल्लेखमा। श्वर्गबाट परमेश्वरले संसारमा मानव जातीको पाप नष्ट गर्दै शान्ति, प्रेम र मिलापमा रहने सन्देश प्रचारका लागि आफ्ना पुत्र यशुलाई संसारमा पठाएको बाइबलमा उल्लेख छ ।

यशुको जन्मबारे भविष्यवाणी भएअनुसार नै उनको जन्म कन्या मारियमको कोखबाट भएको पाइन्छ । बाइबलअनुसार यशु संसारमा आइसकेपछि उनले परमेश्वरको आज्ञाअनुसार आफ्नो जिवनभर मानव जातीमा सदभाव, प्रेम, मिलाप, शान्ति र मानवताको सन्देश प्रचार गरेको पाइन्छ । उनले रोगी बिरामी, बहिष्करणमा परेका, विभेदमा परेकालाई उद्धार गर्दै समाजमा पुर्नस्थापनम गरेको समेत बाइबलमा उल्लेख छ । उनको मानवीय कार्यकै सम्झनामा इस्वी संवत्चको सुरुवात गरिएको थियो ।

नेपालमा पनि यशुका लाखौं अनुयायीहरु छन् । इसाइ अगुवाहरुअनुसार नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको हो । सरकारले आज क्रिसमस डेका अवसरमा सार्वजनिक बिदासमेत दिएको छ ।

क्रिसमस डेको अवसरमा नेपालमा पनि चर्चहरुमा आज प्रार्थना गर्दै एकअर्कामा शुभकामना आदानप्रदन गर्दै युशको सम्झना गर्ने गरिन्छ । क्रिसमस डेको अवसरमा अन्य मानिसहरुलाई समेत येशुको शिक्षा, प्रेम, मिलाप र उपदेशकोको प्रचार गर्दै उपहार आदानप्रदान गर्ने गरिन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार