देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षीद्धारा निर्धारित समयमै पत्र दर्ता


काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले निर्धारित समयमै पत्र दर्ता गरेको छ ।
वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिद्धारा आज साँझ ५ बजेसम्म दिएको समयसीमाभित्रै विपक्षी गठबन्धनका नेताहरुले शितल निवास पुगेर पत्र दर्ता गरेका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन १४९ वहुमत सांसदको हस्ताक्षरसहित उनिहरु राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पक्षमा १५३ सांसदको रहेको दावी गर्दै पत्र दर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार