नेकपा एसले बनायो ११ सदस्यीय केन्द्रीय सचिवालय, को-को परे सचिवालयमा ?


काठमाडौं । माधव नेपाल नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ ।

पार्टीको स्थायी कमिटीको बिहीबारको बैठकले अध्यक्ष नेपालको नेतृत्वमा सचिवालय बनाएको हो । जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई, महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा छन् ।

स्थायी कमिटी बैठक बस्न नसकेको बेला केन्द्रीय सचिवालयले पनि पार्टीका आवश्यक निर्णय गर्न सक्ने गरि सचिवालय निमार्ण गरिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार