
काठमाडौं । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले ‘एमसीसीमा ब्याख्यात्मक घोषणा’ विश्वमान्यता प्राप्त भएकाले आफुहरु ढुक्क भएको बताएका छन् । संसदबाट एमसीसी अनुमोदन भएको अर्को दिन आज पत्रकारसंगको छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमसीसी पास भएर देश दुर्घटनाबाट बचेको दावी समेत गरेका छन् ।
एमसीसी सम्झौतामाथि उठेका प्रश्न, आशंका र भ्रमका साथै भविष्यमा हुन सक्ने हानीलाई मध्यनजर गर्दै संसदबाट ब्याख्यात्मक घोषणा गरेर राष्ट एकतावद्ध भएको प्रचण्डको भनाई छ ।
ब्याख्यात्मक घोषणा विश्वमान्यता प्राप्त प्रकृया र मान्यता भएको समेत अध्यक्ष प्रचण्डले बताए ।
एमसीसी पास गर्ने प्रकृयामा आफुहरु सहभागी नहुँदा गठबन्धन टुट्ने र फेरी प्रतिगमनकारीहरुको सरकार बनेर देश दुर्घटनामा जाने संकेत देखेपछि एमसीसी पास गरेको प्रचण्डले थप स्पष्ट पारे ।










