एमालेको युवा संघ त्यागेर १६ जना युवाहरु माओवादीको वाइसीयलमा प्रवेश


बगलुङ । बगलुङमा नेकपा एमालेको युवा संगठन युवा संघ त्यागेर १६ जना युवाहरु माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) मा प्रवेश गरेका छन् ।

आज वाइसीयल गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा युवा संघ गलकोट, बगलुङका नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना वाइसीयल प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गरेका उनिहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।
वाइसीयल बागलुङले जनाएअनुसार पार्टी प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष विकसहित युवा संघ नगरसदस्य निकी थापा, नगर सदस्य सोनु थापा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन गलकोट बहुमुखी क्याम्पस अध्यक्ष गगन विक, गोपाल विक, फमलाल विक, मोहन खत्री, विपिन नेपाली, दीपक नेपाली, मनोज परियार, ऋषि परियार, नवराज विक, विपिन नेपाली, अमृत बुढाथोकी र प्रदीप दर्लामी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार