
काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेका छन् । आज दिउँसो देउवा तीनदिने भारत भ्रमणमा गएपछि उनले आफ्नो प्रधानमन्त्रीको दैनिक जिम्मेवारीको कार्यभार गृहमन्त्री खाँणलाई सुम्पेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई जिम्मेवारी दिइएको हो ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले उहाँको अनपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री देउवाको भ्रमण टोली केहिबेर नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।
यो पनि पढ्नुहोस








