काठमाडौ । मंसिर ४ गते चुनावलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न सरकारले देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ। गएराती १२ बजेदेखि निर्वाचन आयोगले मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको हो।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा उल्लेख भएअनुसार मतदान तथा मतगणनाको अवधिभर शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको छ।
आयोगले सरकारको यस निर्णयलाई कार्यान्वयन गर्न देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ ।