
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचन माघ ९ गतेभित्र गर्न दलहरु सहमत भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको शुक्रवार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा सहभागि दलहरु दुबै चुनाव माघ ९ भित्र गर्न सहमत भएका हुन् ।
संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ७ मा सभामुख र ९ मा उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ ।











