
काठमाडौं । कोराना भाइरस झन जटिल हुन नदिन धेरै देशहरुले उच्च सर्तकता अपनाइरहेका छन् । यसैक्रममा कतारले पनि कोराना भाइरस भित्रिन नदिन र थप क्षती हुन नदिन उच्च सर्तकता अपनाएको छ ।
उसले आजैदखि लागु हुनेगरी नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।
नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।
कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) का अनुसार कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको छ ।
उक्त निर्णय कोरोना भाइरसलाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको कतारी सरकारको भनाई छ ।
कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न समेत आग्रह गरेको छ ।











