
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फाल्दा निकै जोखिम मोल्नु परिरहेको बताएका छन् ।
प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई काठमाडौंको साँखुमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेकाले निकै जोखिम मोल्नु परेको बताएका हुन् ।
उनले भ्रष्टाचारको लडाइँ जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको समेत उनले बताए ।
‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ । जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन्’, प्रचण्डले भने ।
जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा जनताले साथ दिने उनबको दाबी थियो ।
प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै सरकार अझ ठूलठूला एक्सनहरुमा जाने र त्यो एक्सनले ठुलै तरंग बताए ।
‘प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले जनताको जनजिवनसंग जोडिएका बिषय र भ्रष्टाचारविरुद्ध कडा कदम चालेको भन्दै जनस्तरबाट प्रशंसा भइरहेको छ । सरकारले भ्रष्टाचार प्रकरणमा कडा कदम चाल्दै नक्कली भुटानी शणरार्थी प्रकरणमा पूर्वमन्त्रीहरु समेतलाई हिरासतमा राखेर कारवाही अघि बढाएको छ ।













