
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शितल निवासमा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिदै गर्दा उनिविरुद्ध प्रदर्शन भएको छ । आज बेलुका राष्ट्रपति कार्यालय शितल निवासमा रविले शपथ लिंदै गर्दा बाहिर गेटमा उनको नागरिकताको बिषयलाई लिएर प्रदर्शन भएको हो ।

नागरिकता छानबिन हुँदै गरेका रबिलाई गृहमन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का युवाहरुले विरोध प्रदर्शन गरेका थिए । उनले हातमा प्लेकार्ड लिंदै ‘नागरिकता छानविन हुँदै गरेका रविलाई गृहमन्त्री नबनाउँ, प्रचण्ड सरकार होसियार, रवि लामिछाने मुर्दावाद’ लगायतका नारा लगाएका थिए । प्रदर्शन गर्ने नेविसंघका ३ जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजञ्जमा राखिएको छ ।

यो भिडियो हेरौं










