मन्त्री किरातीले भनेः भ्रष्टाचारविरुद्धको अभियानबाटै समाजवादको बाटो सुरु भईसक्यो


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाटै नेपालमा समाजवादको बाटो सुरु भएको बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित “पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोह” लाई सम्बोधन गर्दै मन्त्री किरातीले प्रचण्ड सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानबाटै नेपालमा समाजवादको यात्रा सुरु भएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले समाजवादको यात्रा भ्रष्टाचारविरुद्धको कारवाहीबाट सुरु गरिसकेको समेत उनले बताए ।

मन्त्री किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउँदै नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैंले गर्नुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार