
धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री बन्ने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी मन्त्री बन्ने भएका हुन् ।
मन्त्री हुनेहरूको आज साँझ ४ बजे शपथ ग्रहण हुने बताइएको छ । नागरिक उन्मुक्ति पार्टी सहभागी भएपछि सुदूरपश्चिम प्रदेश सरकारले पाँच महिनापछि पूर्णता पाउन लागेको छ ।












