पर्सामा चिकित्सक, सेना, पत्रकार गरी थप ३४ जनामा कोरोना पुष्टि


पर्सा । पर्सामा ३४ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु पत्रकार, नपाली सेना, चिकित्सक लगायतका रहेका छन् । , नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

संक्रमित हुनेहरु १४ देखि ५६ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित ३४ मध्ये मा ६ महिला रहेका छन् ।

संक्रमितमध्ये ३४ जनामध्ये २३ जना वीरगञ्ज महानगरपालिकाका छन् । ३ जना नेपाली सेना, ३ जना पोखरिया नगरपालिकाका, १ जना जिराभवानी गाउँपालिकाका, २ जना बाराका र सुर्खेतका १ जना र सर्लाहीका १ जना रहेको डा. उपाध्यायले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार