काठमाडौं । नेपालमा यसवर्षको मनसुन विहिबारदेखि शुरु भएको छ । मनसुन शुरु भएपनि देशैभरी फैलिन भने केही समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वीबाट शुरु भएको मनसुन मध्य हुँदै पश्चिमसम्म पुग्ने बताइएको छ । अरु वर्षको तुलनमा यो वर्ष १० दिन ढिलो गरी मनसुन शुरु भएको महाशाखाले जनाएको छ ।
साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ ।
यो वर्ष अरु ठाउँको तुलनामा पश्चिम क्षेत्रमा कम पानी पर्ने पनि बताइएको छ ।











