पाथीभरा दर्शन गर्न जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका सबैको सनाखत


ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा दर्शन गर्न जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तार जिपमा अल्झिएर आगो लाग्दा उनिहरुको मृत्यु भएको थियो ।

घटनामा घाइते ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको एसएसपी दाहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार