काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाउन निर्देशन दिएका छन | डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका चौधरी बिरामी भएपछि उनलाई अस्पतालमा भर्ना गर्दा उनको खुट्टामा लगाइएको नेलको तस्विर बाहिरीएपछि त्यसको चौतर्फी बिरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले नेल फुकाउन निर्देशन दिएका हुन | प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न निर्देशन दिएका छन । ओलीले अस्पतालमा हुँदा पनि नेल लगाउनु मानवअधिकार विरुद्धको कार्य भएको बताएका छन् ।
चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरी खटिएका छन् । उनलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएको पारिवारिक स्रोतको भनाइ छ । चिकित्सकले चौधरीलाई दैनिक थेरापी गर्न र बेड रेस्ट गर्न सुझाएका छन् ।














