रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाउन निर्देशन दिएका छन | डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका  चौधरी  बिरामी भएपछि  उनलाई अस्पतालमा भर्ना गर्दा उनको खुट्टामा लगाइएको नेलको तस्विर   बाहिरीएपछि  त्यसको चौतर्फी बिरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले नेल फुकाउन निर्देशन दिएका हुन | प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न निर्देशन दिएका छन । ओलीले अस्पतालमा हुँदा पनि नेल लगाउनु मानवअधिकार विरुद्धको   कार्य भएको बताएका छन् ।

  चौधरीको फोक्सो र ढाडमा समस्या देखिएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरीएको थियो |

चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरी खटिएका छन् । उनलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएको पारिवारिक स्रोतको भनाइ छ । चिकित्सकले चौधरीलाई दैनिक थेरापी गर्न र बेड रेस्ट गर्न सुझाएका छन् ।

संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार