काठमाडौं । विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा गृहमन्त्रीले दिएको जवाफबारे पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रश्न गरेका छन् । प्रहरीको रिपोर्ट र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको भनि दिएको जवाफबारे उनले प्रश्न गरेका हुन् ।
शर्माले कुमार पौडेलको मृत्युबारेको रिर्पोट विश्वास गर्न लाएक नभएको समेत बताएका छन् । गृहमन्त्रीले संसदको राज्य व्यवस्था समितिको बैठकमा मुठभेडमा मारिएको बताएका थिए । तर, कुमारको हातमा ६,७ ठाउँ भाँचिएकाले यो कुरा विश्वास गर्न लाएक नभएको दाबी गरेका छन् ।
समितिको बैठकमा बोल्दै शर्माले जनताले यो कुरा विश्वास नगर्ने भन्दै पौडेलको मृत्युबारे सत्यतथ्य पत्ता लगाउनु पर्ने माग गरेका छन् । उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा समेत जोड दिए । विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको उनले बताए ।









