जिग्री र पाडेंको “सक्किगोनी” को ट्रेलर नै बबाल

काठमाडौं । भद्रगोलबाट छुट्टिएको हाँस्य कलाकारहरुको टीमले ल्याउन लागेको “सक्किगोनी” हाँस्य श्रृङ्खलाको ट्रेलरले नै दर्शकलाई लोभ्याएको छ ।

असोज दुई गतेदेखि हरेक बिहीबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनमा प्रसार हुन लागेको सक्किगोनीको ट्रेलरमा जिग्रीलाई दुई युवतीसंग प्रेम सम्बन्धमा रहेको देखाउन खोजिएको छ । जुन आफैमा दर्शकलाई लोभ्याउने र हेर्न आतुर गराउने छ ।

भद्रगोलको निर्माण कम्पनी मिडिया हबसंग विवाद भएपछि छुट्टिएका करिब दुई दर्जन कलाकारहरुले नयां हाँस्य श्रृङ्खला “सक्किगोनी” ल्याउन लागेका हुन ।

अर्जुन घिमिरे (पांडे) र कुमार कट्टेल (जिग्री) को नामबाट जेपीटि क्रिएसन कम्पनी दर्ता गरि काम सुरु गरेका हुन । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनगरी सक्किगोनीबारे जानकारी दिदैं यो ट्रेलर पनि सार्वजनिक गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार