
रुकुम । प्रहरीले चितुवाको छालासहित रुकुममा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुकुमको मुसीकोट नगरपालिका–७ वैरीदहबाट दुई युवालाई चितुवाको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
बिशेष सूचनाका आधारमा जिल्लाबाट खटि गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ गर्नेमा पुथाउत्तरगंगा गाउँपालिका–१४ का छाया विक र दाङको घोराही उपमहानगरपालिका–१२ का १९ वर्षीय गणेश नेपाली रहेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
दुबै जनालाई सदरमुकाम खलँगा आउँदै गर्दा प्रहरीको टोलीले चितुवाको छालासहित शुक्रबार पक्राउ गरेको थियो ।











