भिआईपी जुवाडेलाई दुई दिन हिरासतमै राखेर अनुसन्धान गरिने

काठमाडौं । महाराजगन्जको एक घरबाट पक्राउ परेका भिआईपी जुवाडेलाई थप दुई दिन हिरासतमै राख्न प्रहरीले अनुपति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जुवा खेलिरहेको अवस्थामा समातिएका २५ जुवाडेलाई बिहीबार प्रशासनमा उपस्थित गराए पनि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एकमुष्ट ७ दिनको म्याद दिएर अनुसन्धान प्रक्रियालाई अघि बढाउन अनुमति दिएका छन् ।

पक्राउ परेको पाँच दिन बितिसकेपछि अब दुई दिन प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ ।

यसैबीच बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा भने बिहीबार सुनुवाइ हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार