आलमलाई जन्मकैदको मागदाबीसहित आज मुद्दा दर्ता हुँदै


रौतहट । कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित आज अदालतमा मुद्दा दर्ता हुँदै छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज (सोमबार) दिउँसो आलमविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

पहिलो संविधानसभा चुनावको समयमा चैत २७ गते रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।सोही योजना अनुसार आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदा बनाउँदै विष्फोट भएको थियो ।

सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ । उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार