मलेसिया । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रोजगारीका लागि गएका सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादव रहेका छन् ।
ड्युटीमा जान तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको बताइएको छ । तर परिवारले भने मृत्युको कारण खुल्न नसकेको दाबी गरिरहेका छन् ।
यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ ।
दुई वर्षअघि रोजगारीका लागि मलेसिया गएको यादव मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत थिए ।











