पूजा मेरो बहिनी हो : सुष्मा कार्की

काठमाडौं । नायिका पूजा शर्मा र सुष्मा कार्कीबीचको सम्बन्धलाई लिएर केहि दिनयता सामाजिक सञ्चालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । नायीका सुष्मा कार्मीले केहि वर्ष अघि अन्तवार्तामा पूजालाई चिन्दैन भनेको कुरालाई टिकटकमा निकै भाइरल बनाएका छन् ।

यो विषयलाई लिएर पूजाका फ्यानहरुले सुष्मालाई नराम्रो गाली समेत गर्न थालेका छन् । तर सुष्माले भने पूजा आफ्नो बहिनी हो र उसँग मेरो राम्रो सम्बन्ध रहेको बताएकी छन् ।

पुजाको अभिनयमा समेत सुष्माले प्रश्न उठाएको विषय निकै चर्चा भएको छ । सुष्माले यो भिडियो केही समय अगाडिको रहेको बताइन् ।
सुष्माले टिकटकमै पूजा र आफ्नो सम्बन्धका बारेका स्पष्ट पारेकी छन् ।

उनले दुई वर्ष अगाडिको भिडियो अहिले भाइरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु । मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार