दुग्ध विकास संस्थानले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौँ । दुग्ध विकास संस्थानले ठुलो संख्यामा कर्मचारी भागेको छ ।  संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा १२३ जना कर्मचारीको माग गरेको हो

संस्थानले अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो । आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार