कावासोती । नेपाली सेना चढेको बस नवलपरासीमा दुर्घटना भएको छ । शनिबार विहान नवलपरासीको कावासोती ३ मा भएको दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
नेपाली सेनाकाे टाेली लिएर सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते मध्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अन्य भने सामान्य छन् ।
घाइतेको स्थानीय अस्पताल र चितवनमा उपचार भइरहेको छ ।









