बलात्कारका आरोपी सिद्धबाबा फेरि थप ७ दिन थुनामा बस्ने

विराटनगर । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णराज गिरी अझै थप ७ दिन थुनामा बस्ने भएका छन् ।
उनिमाथिको अनुसंन्धान नसकिएको भन्दै प्रहरीले आज (सोमबार) म्याद थपका लागि लगेपछि अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

सिद्धबाबाले आफुमाथि बलात्कार गरेको भन्दै उनकै एक अनुयायी महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई १४ दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै विराटनगरको विराट नर्सिङ होमको क्याविन नम्बर १४ मा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार