
कास्की । प्रहरीले कास्कीको पोखराबाट ठुलोमात्रामा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने वर्ष २१ बर्षिय अनुप तामाङ र पोखरा महानगरपालिका-२७ शिसुवा बस्ने १९ बर्षिय विशाल परियार रहेका छन् ।
उनिहरुलाई वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका-१३ काहुँखोला स्थित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले अनुप तामाङले चलाएको ग ०७ प ६१२४ नं।को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको लागूऔषध डाईजापाम ९४ एम्पुल, नुफिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरी जम्मा २८० एम्पुल लागूऔषध, मोबाईल २ थान र मोटरसाईकल समेत प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।









