२ लाख घुससहित चित्र बहादुर केसी रंगेहात पक्राउ

सुर्खेत । दुई लाख घुससहित सुर्खेतमा एकजना सरकारी कर्मचारी पक्राउ परेका छन् । जिल्लाको भेरीगङ्गा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई २ लाख नगद घुससहित पक्राउ गरिएको हो।

केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले बिहीबार पक्राउ गरी शुक्राबार सार्वजनिक गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रवक्ता कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए ।

प्राविधिक केसीलाई भेरीगङ्गा नगरपालिका वडा नं १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको थियो ।

हाम्रा भिडियो सामाग्रीहरु पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार