धनगढी । कैलालीमा एउटा ज्यादै दुखत र आश्र्चयजनक घटना भएको छ । जिल्लाको चुरे गाउँपालिका वडा न. ४ मा एक १२ वर्षीय बालकले आफ्नै डेढ वर्षका भाईलाई कुट्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दाईले हात र लठ्ठीले कुटपीट गर्दा गम्भिर घाईते भएका उनको अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार आमा जंगलमा घाँस दाउरा लिन गएका बेला उनले भाईमाथि आक्रमण गरेका थिए ।
मृतक १२ वर्षीय बालकका सौतेला भाई हुन्। मृतकका बुबा रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले हत्या गर्ने बालकलाई नियन्त्रणमा लिएको छ।













