काठमाडौं । सरकारले घोषणा गरेको कोरोनाविरुद्धको केन्द्रीय रातह कोषमा कैदीबन्दीले सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कर्मचारी र कैदीबन्दीले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको उक्त कोषमा सहयोगको धोषणा गरेका हुन् ।
कारागार भित्रका प्रशासन, आन्तरिक प्रशासन र सम्पूर्ण कैदीबन्दीले ४० हजार रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय धोषणा गरेका छन् ।
डिल्लीबजार कारागारमा हाल ६ सय २१ जना कैदीबन्दी छन् । कारागारमा कोरोना रोकथामका लागि पूर्वतयारी स्वरुप १० बेडको आइसोलेसन कक्ष समेत तयारी गर्ने काम भइरहेको खबर अनलाइनखबरमा छ ।
त्यहाँ अहिले गेटमा हेल्प डेस्क पनि राखिएको छ भने ज्वरो नाप्ने र साबुन पानीले हात धुने कार्यलाई नियमित गरिएको छ । साथै, सेनिटाइजरको प्रयोगलाई पनि अनिवार्य गरिएको बताइएको छ ।












