
बुटवल । लकडाउनका कारण हिँडेर घर जानेहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ । सरकारले लकडाउनकाे समय बढाउदै जाँदा आफुबसीरहेको ठाउँमा काम नहुँदा समस्या भएको भन्दै घर जानेको संख्या बढेको हो ।
कोरोना फैलिन नदिनका लागि सरकारले चैत ११ गतेदेखि दश लकडाउन घोषणा गरेको छ । लकडाउनमा काम बन्द हुँदा खानाको समस्या भएपछि मजदूरहरु हिँडेर घर गइरहेका छन् । कति त घर पनि पुगिसकेका छन् ।
केहीदिन यता भने हिँडेर गइरहेका यात्रुलाई स्थानीय तहले व्यवस्थापन गरिरहेका छन् । जनप्रतिनिधि, सांसदले पनि पैदल हिँडेकालाई गाडीको व्यवस्था गरे घर सम्म पुर्याउने व्यवस्था गरिरहेका छन् ।
त्यस्तै बुटवलको तिलोत्तमा नगरपालिकाले पनि आफ्नो ठाउँमा अलपत्र यात्रुलाई गाडी चढाएर घर पठाएको छ । घर जान नपाई अलपत्र परेका करिब दुई सय जना मजदुरलाई उद्धार गरी घर पठाएको हो ।
नगरपालिकाले निर्माण क्षेत्रमा काम गर्दै आएका दाङ, बर्दिया र कैलालीका मजदुरलाई आफ्नो खर्चमा चारवटा गाडीको व्यवस्था गरी घर पठाएको हो । तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा भवन निर्माण लगायतका काम गर्दै आएका मजदुरको विवरण संकलन गरी उद्दार गरिएको नगर नगरपालिकाले बताएको छ ।
यसरी अलपत्र परेका मजदूरलाई विभिन्न स्थानीय तह र व्यक्तिले उद्धार गरी गाडीको व्यवस्था गरेर घरसम्म पुग्ने वातावरण मिलाएका छन् । चितवन, थानकोट, भक्तपुर लगाएतका ठाउँबाट उनीहरुको उद्धार गरी घर पठाउने काम भइरहेको छ ।
सरकारले जहाँ छौं त्यही बस्नु भनेपनि आफु बस्ने ठाउँमा समस्या भएपछि मजदूरहरु हिँडेर पनि घर जाने क्रम भने रोकिएको छैन् ।








