समर्थन फिर्ता लिंदै एमाले पनि सरकारबाट बाहिरियो

काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिएको छ। आज बसेको पार्टी सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारबाट बाहिरिने निर्णय गरेको हो। सत्ता गठबन्धन टुटेपछि एमालेले सरकार छोड्ने निर्णय गरेको हो ।

सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । एमालेले राष्ट्रपतिमा दावी गरेपछि गठबन्धन टुट्न गएको हो । यहि २५ गते हुने राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र लगायत आठ दलले काँग्रेसको उम्मेदवारलाई समर्थन गरेका छन् । काँग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवाश नेम्वाङ उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार