करिब ७० हजार अमेरिकी डलर पाउनेगरि सन्दीप पाकिस्तान सुपर लिग खेल्दै

काठमाडौं । पाकिस्तान सुपर लिग पीएसएलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार खेलाडी सन्दीप लामिछाने खेल्ने भएका छन ।
सन् २०१९ मा हुने पीएसएलको चौथो संस्करणमा संन्दीपलाई पाकिस्तानको लाहोर कलन्दर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो ।

कलन्दर्सले आफ्नो टिममा अनुबन्ध गरेवाफत सन्दीपलाई कम्तिमा ५० हजार अमेरिकी डलर पारिश्रमीक दिनेछ ।
विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपले बढिमा ७० हजार अमेरिकी डलर खेलवाफतको पारिश्रमिक पाउनेछन ।

मंगलबार भएको पाकिस्तान सुपर लिगले ड्राफ्ट सूचीमा रहेका नेपालका सन्दीपलाई क्वालान्दर्सले अनुबन्ध गरेको हो ।
स्पिनर क्रिकेटर सन्दीपले खेल्ने लाहोर कलन्दर्स क्लबमा धनाढ्य कतार लुब्रिक्रेन्ट्स कम्पनी लिमिटेडको स्वामित्व रहेको छ। यस टोलीको कप्तानी चर्चित क्रिकेटर एबी डिभिलियर्सले सम्हाल्नेछन ।

प्रतियोगिताको प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्। डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । प्रतियोगिताका खेलहरु १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछन।

यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ। प्रतियोगीताको लागि सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार