काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती बम विस्फोट हुँदा ४० भन्दा बढिको मृत्यु भएको छ। राजधानीस्थित उरानुस हलमा आयोजित मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन भेला भएका धार्मिक गुरुहरुलाई लक्षित गर्दै आत्मघाती बम विस्फोट गराउँदा अन्य ६० भन्दा बढि घाईते भएका छन ।
आत्मघातीले सभाको बिचमा गएर आफुसंग भएको भएको बम पड्काएका थिए । त्यहाँ हालै भएका घटनाहरुमध्ये यो ठुलो घटना भएको अफगानी संचारमाध्यमहरुले जनाएका छन ।
प्र्रत्यक्षदर्शीका अनुसार सभामा करिब एक हजार बढि मानिसहरु सहभागी रहेको बीबीसीले उल्लेख गरेको छ । अफगानिस्तानमा तालिवानले बेला बेला आर्कमण र बमवारीका घटना गराएर सरकारी सुरक्षालाई हैरानी दिइरहेको भएपनि यस घटनाको भने अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैन्न।