चोरीको घटना बाहिरिएपछि भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा


चितवन । चोरीको घटना बाहिर आएपछि भरतपुरको कोरोना अस्पतालमा अख्तियारले मंगलबार दिउँसो छापा मारेको छ । अस्पतालबाट गएराती विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको हो ।

स्टोरबाटै सामान चोरीसंगै आर्थिक अनियमतिता हुन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको हो । टोलीले अस्पतालका सबै कागजान नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

अस्पतालबाट सामान चोरी गर्दै गरेको सिसिटिभी फुटेजको तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार