काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले निर्मला पन्तको हत्यारालाई अब आफुहरुले कारबाही गर्ने बताएका छन ।
शनिवार काठमाडौंमा आयोजित नेकपाको विशाल जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले भने, “कंचनपुरकी वालिका निर्मला पन्तको हत्या भएको चार महिना हुनै लाग्यो तर हत्यारा पत्ता लागेको छैन यसमा सरकारकै हात छ, त्यसैले अब हत्यारा खोजेर जनताको माझमा हामी कारवाही गछौं ।”
निर्मलाको हत्या सरकारकै नजिकको ब्यक्तीले गरेका कारण सरकारले उसको संरक्षण गरेको नेता प्रकाण्डको आरोप छ ।
निर्मला हत्याकाण्डको बिरोधमा विप्लव नेतृत्वको नेकपाले मंसिर १६ गते देशव्यापीरुपमा विरोधका विभिन्न कार्यक्रमहरु गर्न लागेको समेत प्रबक्ता प्रकाण्डले जानकारी दिए ।
६ अर्व भ्रष्टाचारको दाबी
नेकपा प्रवक्ता प्रकाण्डले ओली सरकार भ्रष्टाचार र कमिसनमा चुर्लुम्म डुबेको दाबी गरेका छन् ।
नागरिक उड्यान मन्त्रालयमा ६ अर्बको भ्रष्टाचार भएको दाबी गर्दै प्रवक्ता प्रकाण्डले केपी ओली नेतृत्वको सरकारले थुर्पै राष्ट्रघाती कामहरुमा अघि बढेको आरोप समेत लगाए ।
पुर्बमन्त्री समेत रहेका प्रकाण्डले कम्युनिष्ट सरकार भनिएको ओली नेतृत्वको सरकारले ९ महिनामा विकासको कुनै खाकासमेत तयार पार्न नसकेकाले समृद्धको नारा लगाउनु हाँस्यास्पद रहेको टिप्पणी गरे।
देशद्रोही सावित गर्न चुनौती !
प्रवक्ता प्रकाण्डले विप्लव नेतृत्वको आफ्नो पार्टीले नेपाली सर्बहारा जनताका मुद्धाहरु उठाउदै अगाडी बढिरहेको बताए ।
ओली सरकार आफूहरु विरुद्ध षड्यन्त्रपुर्वक रुपमा लागिपरेको आरोप लगाँउदै उनले आफुहरुमाथिको दमन नरोके जनताले त्यसको जवाफ दिने बताए ।
आफुहरु जनताकै माझमा रहेर नेपाली सर्बहारा बर्गको मुक्ती र देशको आमुल परिर्बतनका लागि आवाज उठाइरहंदा ओली सरकार आफुहरुलाई दोशद्रोहीको संज्ञा दिइरहेको उनको भनाई थियो । आफुहरुलाई देशद्रोही भएको परमाणित गर्न प्रकाण्डले चुनौती समेत दिए ।
ओली सरकार हामीमाथि दमन गरिरहे चाँडै जनताको अदालतमा उभिनुपर्ने दिन आउने छ प्रकाण्डले भने, हाम्रो पार्टीमाथिको दमन नरोके सरकार जनताको कस्टडीमा उभिने दिन आउनेछ ।