आगामी नीति तथा कार्यक्रमः ‘कोरोनाबाट प्रभावित वेरोजगार र किसानहरुका लागि विशेष कार्यक्रम ल्याइने’

काठमाडौं । कोरोनाबाट प्रभावित वेरोजगार, गरीब, कृषक तथा विपन्न वर्गलाई लक्षित गर्दै सरकारले आगामी वर्षको बजेटमा विशेष कार्यक्रम ल्याउने भएको छ ।

शुक्रबार संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्।

कोरोनाका कारण मुलुकको अर्थतन्त्र माथि उठ्न र वेरोजगारी समस्या हल गर्न कृषि रोजगार तथा विकासका क्षेत्रमा बजेट छुट्याउनु पर्ने आवश्यकता रहेको भन्दै राष्ट्रपति भण्डारीले सरकारले सोही अनुरुपको नीति तथा कार्यक्रम बनाएको बताइन् ।

कोरोनाबाट प्रभावित गरीब, विपन्न, वेरोजगारहरुका लागि सरकारले विशेष खाद्यान्न, शिक्षा, स्वास्थ्य र जनजीविकोपार्जनका क्षेत्रमा विशेष कार्यक्रम चलाउने समेत राष्ट्रपति भण्डारीले बताइन् ।

कोरोनाका कारण अहिले धेरैले रोजगारी गुमाएको कारण देशको गरीबी बढ्ने चिन्ता देखिन्छ । विशेषगरी दैनिक ज्यादारी, गरीब, विपन्न तथा न्युन आय भएका नागरिकको अवस्था लकडाउनमा झनै नाजुक बन्दै गइरहेको छ ।
सरकारले उनीहरुका लागि राहात प्याकेज ल्याए पनि त्यो अपुग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार