सामूहिक बलात्कारमा संलग्न एक पक्राउ, अन्यको खोजी जारी


भक्तपुर । भक्तपुरमा महिलालाई सामूहिक रुपमा बलात्कार गर्ने पाँच जनामध्ये एक जना पक्राउ परेका छन् । अन्य चार जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले सोही ठाउँकी २० वर्षकी महिलालाई जेठ ८ गते आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएर सामूहिक बलात्कार गरेको खुलेको छ ।

सुरुमा आफुले जबरजस्ती करणी गरेको र कोठाबाट भाग्न खोज्दा साथीहरुलाई बोलाएर करणी गरेको पीडित युवतीले प्रहरी समक्ष बयान दिएकी छन् ।

सोही आधारमा प्रहरीले कवाङ लामालाई पक्राउ गरेको छ भने उनका ४ जना साथीहरुको खोजी जारी राखेको बताइएको छ । पिडित महिलाको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने तामाङ काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका स्थायी घर भई मध्यपुरथिमि नगरपालिका ६ पुरानोथिमि बस्दै आएका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार