बागलुङ । बागलुङमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षण पोजिटिभ देखिएको हो ।
जिल्लाकै बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।
कोरोना संक्रमण देखिएका उनीहरुलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ ।










