वीरगञ्ज । वेवारिसे अवस्थामा फेला परेको शवको परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । पर्साको वीरगञ्जमा रहेको घण्टाघरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृत भेटिएका ती व्यक्तिको नाम र ठेगाना भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टम गरेर नारायणी अस्पतालमा राखिएको छ ।
अस्पतालले उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।










