
कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा एक जना कोरोना संक्रमितलाई भेन्टिलेटरमा सारिएको छ । कोरोना संक्रमित व्यक्तिको स्वास्थ्यमा जटिल समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको हो ।
कैलालीको गोदावरी नगरपालिका ७ का ४३ बर्षीय पुरुषको प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ । दुई दिनदेखि धनगढीकै नवजीवन अस्पतालको आईसीयूमा उपचाररत उनलाई संक्रमण पुष्टि भएपछि अस्थायी कोरोना अस्पतालमा ल्याएर उपचार भइरहेको बताइएको छ ।
उनको स्वासप्रश्वासमा समस्या देखिएको छ । स्वास्थ्यमा जटिल समस्या भएकाले नै भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रातले जनाएको छ ।










