
कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका ३२ र लम्कीचुवाका २५ गरी ५७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये १० महिला र ४७ पुरुष रहेका धनगढीमा रहेको प्रयोगशालाले जनाएको छ ।
लम्कीचुवाका ६ महिला र १९ पुरूष र गोदावरीका ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।










