गणतन्त्र दिवसमा अफ्रिकी राष्ट्रपति रामाफोसा प्रमुख अतिथि

काठमाडौं । यसबर्ष भारतको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि विदेशी राष्ट्र प्रमुखलाई बनाइने भएको छ ।
आउँदो २६ जनवरी २०१९ मा मनाइने भारतको ७०औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा हुने स्वयम प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत जानकारी दिएका हुन ।

दक्षिण अफ्रिकासँग महात्मा गान्धीको विशेष सम्बन्ध रहेकले पनि राष्ट्रपति रामाफोसालाई गणतन्त्र दिवशमा प्रमुख अतिथि बनाउन लागेको समेत प्रधामन्त्री मोदीले बताएका छन ।
भारतमा राष्ट्रपिताका रुपमा सम्मान गरिने गान्धीले सन् १८९३ देखि १९१४ सम्म दक्षिण अफ्रिका रहि त्यहाँ उनले अधिवक्ताको रुपमा काम गरेका थिए ।

औद्योगिक राष्ट्रहरुको समूह जी–२० शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले अफ्रिकी राष्ट्रपति रामाफोसालाई भेट्दै भारतको ७०औं गणतन्त्र दिवसमा प्रमुख अतिथि बन्नका लागि उनलाई अनुरोध गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

यसअघि भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका लागि आमन्त्रण गरेपनि ट्रम्पको समय अभावका कारण सम्भव हुन नसकेपछि अफ्रिकी राष्ट्रपति रामाफोसालाई अतिथि बनाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार